कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचित (सूचीसहित)

पुस ४, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतवार सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्व महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शंकर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी, दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जानकारी दिएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।  पार्टीका सबै पदाधिकारीको भने शुक्रवार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।  केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

कञ्चनपुर २ (ख)मा कांग्रेसका बहादुर थापा विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका बहादुरसिंह थापा निर्वाचित भएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि थापाले निकटतम प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई एक हजार ७२६ मतान्तरले पराजित...

कांग्रेस महाधिवेशन: थारूतर्फ रामजनम र योगेन्द्र चौधरीसहित चार जना निर्वाचित

थारु तर्फबाट कांग्रेसको केन्द्रीय सदस्यमा योगेन्द्र चौधरी, रामजनम चौधरी, कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन् । योगेन्द्र र रामजनमले खुलातर्फ जितेका हुन् भने चौधरी र रानाले महिलातर्फ केन्द्रीय सदस्य जितेका हुन् ।

कांग्रेस महाधिवेशन : प्रदेश नं १ को मत परिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नं १ को मत परिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मत परिणामअनुसार प्रदेश नं १ बाट अमृत अर्याल दुई हजार ३८९ र राजिव कोइराला दुई हजार १५२ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै आनन्द सन्तोषी राईले दुई हजार ८१,  अनिलकृष्ण प्रसाईले एक हजार ४२२, सुमित्रा थरुनीले ३९२, जनार्दनराम निरौलाले १४९ र खिलराज बस्नेतले २८१ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य प्रदेश नं १ महिलातर्फ महेन्द्रकुमारी लिम्बु दुई हजार २२९ मत ...

कांग्रेस महाधिवेशन - आज सकिएकाे मत गणनामा २१ केन्द्रीय सदस्य निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नाै जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी हुनुभएको छ । वाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल...

कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यको मतगणना सुरू, को-को छन् प्रतिस्पर्धी ?

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना गरिरहेको छ ।  शनिबार विहानदेखि खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेस महाधिवेशन : चुनावअगावै बधाइ खाइरहेका यी दुई नेता

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भोली निर्वाचन हुँदैछ । तर, निर्वाचन अगावै केन्द्रीय सदस्य निर्वाचित भएपछि दुई नेतालाई बधाइ खान भ्याइनभ्याइ छ । यी हुन् धनुषाका आनन्दप्रसाद ढुंगाना र पर्साका रमेश रिजाल । प्रदेश २ बाट खुल्ला २ केन्द्रीय सदस्यको कोटामा उनीहरु निर्वाचित निर्वाचित भएका हुन् । सुरुमा तीनजनाको उम्मेवारी परे पनि तेस्रो […]

कांग्रेस महाधिवेशन : १२१ केन्द्रीय सदस्यका लागि ५०९ को उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पाँच सय नौ जनाले उम्मेदवारी दर्ता गरेका छन्।खुलासहित १८ क्लस्टरबाट निर्वाचनमार्फत एक सय सय २१ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ। खुला तर्फबाट निर्वाचित हुने ३५ जनाका लागि एक सय नौ जनाको उम्मेदवारी परेको छ।यस्तै थारू क्लस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। मधेशी क्लस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।सात महिलासहित १५ जनाको कोटा

गोकुल बाँस्कोटाले गरे देउवाले जित्ने टिप्पणी

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुने टिप्पणी गरेका छन् । उनले काँग्रेसको महाधिवेशन फेरि एकपटक देउवा ऊर्जासाथ समापन हुने संकेत देखिएको टिप्पणी गरेका हुन् । बाँस्कोटले ट्वीट गर्दै लेखेका छन्ः फेरि एक पटक देउवा उर्जासाथ कांग्रेस महाधिवेशन समापन हुने संकेत देखियो-भृकुटीमण्डप वरपर सुन्दा।

पूर्व मन्त्री घिमिरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्षमण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस रामेछापको खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका घिमिरेले ४३० मतमात्र प्राप्त गरेपछि उनी पराजित भएका हुन्। खुल्लातर्फ आठ जना निर्वाचित भए। अर्जुन केसीले ७६०, भरत चौलागाईंले ७३१, रामचन्द्र खड्काले ६८८, ध्रुबहरि ढुंगेलले ६५२ मत प्राप्त गरी…

कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशका १६५ निर्वाचन क्षेत्रबाट ४१२५ जना प्रतिनिधिले भाग लिनेछन् । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनमा समानुपातिक समावेशी समूहबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुबारेसमेत टुंगो लागेको छ । कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालका अनुसार कुल प्रतिनिधिमध्ये ६० प्रतिशत खुल्ला प्रस्प्रिर्धाबाट चयन हुनेछन् भने ४० प्रतिशत समानुपातिक समावेशी […]