भैरहवा । देश परिवर्तनको लागि पत्रकारीता अपरिहार्य रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् । आज शुक्रबार भैरहवामा लुम्बिनी प्रेस क्लबको पर्यटन पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री केसीले पत्रकारहरुले राजनीतिकर्मीहरुलाई लेख रचना तथा समाचारका माध्यमबाट घचघच्याइरहे पर्यटन विकासमा छिटैनै फड्को मार्ने भन्दै पर्यटन क्षेत्रमा अब्बल लेख रचना र समाचार सम्प्रेषण गरि पर्यटन विकासमा टेवा पुग्ने बताएका हुन् ।