एमसीसी सम्झौता– सत्ता गठबन्धनलाई निल्नु न ओकल्नु !

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्ने वा इन्कार भन्ने बारेमा निर्णय गर्न नेपाल सरकारसँग जम्मा ११ दिनको समय बाँकी छ । अमेरिकास्थित एमसीसीको केन्द्रीय कार्यालयले नेपाललाई एमसीसी स्वीकार्ने वा अस्वीकार गर्नेबारे डिसेम्बर महिनाभित्रमा निर्क्योल गर्न भनेको छ ।  एमसीसी मुख्यालयले दिएको ‘डेडलाइन’ सकिनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसद्मा पेश गर्ने तयारीमा जुटेका छन् । यसअघिको ओली सरकारले संसद् सचिवालयमा दर्ता गरिसकेको उक्त सम्झौता अहिलेसम्म संसद्को एजेण्डा बन्न सके...

सम्बन्धित सामग्री

दलहरूलाई निल्नु न ओकल्नु बन्यो एमसीसी, गठबन्धन फुटकाे दिशामा

हिजो मात्रै अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी तीन प्रमुख दलका शीर्ष नेतालाई दिएको छ । अमेरिकाको दबावपछि नेपालको अहिलेको राजनीतिक समीकरणमा नै फेरबदल आउनसक्ने सम्भावना देखिएको छ ।