रुस-युक्रेन युद्ध जारी रहे विश्वमा गहुँ, तेल, ग्यास र कोइलाको चरम अभाव हुने

केवल पश्चिमी प्रतिबन्धमात्रै होइन, युक्रेनमा रुसी हमलाले आपूर्ति शृङ्खलामा आएको समस्याले पनि बजारमा विभिन्न बस्तुको मूल्य बढेको छ । युक्रेनमा रुसको हमलापछि उक्त क्षेत्रको धातु र अन्नको आपूर्तिमा पनि रोकावट आएको छ । कयौं पश्चिमा देशले पहिले नै रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाइसकेका छन् । रुस र युक्रेनले विश्वको कमोडिटी बजारमा ठूलै रणनीतिक भूमिका निर्वाह गर्छन् । दुवै देश आधारभूत कच्चा पदार्थका ठूला निर्यातक हुन् । गहुँदेखि लिएर तेल, ग्यास, कोइला बाहेक अन्य मूल्यवान धातुका ठूला आपूर्तिकर्ता