पीएसजीलाई १५ अंकको अग्रता

बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे । खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने  ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए । पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ