अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भदौ, काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत लडाइँको हिस्सा भएको बताए । उनले यस लडाइँबाट धेरैको जीवन जोगाउन सकिने पनि बताए ।

ट्रम्पले प्लाज्मा थेरापीबाट मृत्यु दरलाई ३५ प्रतिशत घटाउन सकिने अनुसन्धानबाट पत्ता लागेको पनि बताए । त्यसैले कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न उनले आह्वान गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप छिट्टै बन्ने पनि विश्वासमेत व्यक्त गरेका छन् ।

अमेरिकामा विश्वमा सबैभन्दा धेरै ५६ लाख ९९ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति ट्रम्प कोभिड १९ देखिएको २४ घन्टा नबित्दै लागे अस्पताल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ देखिएको २४ घन्टा नवित्दै अस्पताल भर्ना भएका छन्। ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ। ट्रम्पलाई बिहीवार नै ज्वरो देखिएको थियो। साथै उनकी पत्नी मिलानिया ट्रम्पलाई कोभिड १९ पोजेटिभ देखिएको थियो। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा

पहिलो पोस्ट

चिनियाँ भाइरसविरुद्ध लड्न ‘प्लाज्मा थेरापी’ महत्वपूर्ण : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी गर्ने अनुमति दिएका छन्। उनले त्यहाँको खाद्य तथा औषधी प्रशासनलाई थेरापीको अनुमति दिएको आइतवार पत्रकार सम्मेलनमा बताए। कोभिड-१९ संक्रमितहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध एन्टिबडी बन्छ। उक्त एन्टिबडी संक्रमण मुक्त नभइसकेका र बिरामी अवस्थामा रहेकाको शरीरमा प्रयोग गरिनु प्लाज्मा थेरापी

पहिलो पोस्ट

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गर्न अनुमती

काठमाडौं : अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ।  राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको अनुमति दिएको बताए। उनले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिँदै यो विधिबाट उपचार गरी धेरै मानिसको ज्यान ज...

थाहा खबर

ट्रम्पले कोरोना भाइरसलाई भने- चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । …

अनलाइनखबर

आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक - अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक ...

नेपाल आज

अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए ...

नेपाल आज

आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक - अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक ...

नेपाल आज

काेराेना भाइरस : 'अमेरिका चीनसँग खुसी छैन'

काठमाण्डौ – ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले कोरोना भाइरसबारे चीनको प्रतिक्रियालाई लिएर 'निकै गम्भीर जाँच' सुरु गरेको बताएका छन् ।   राष्ट्रपति ट्रम्पले भने, ‘हामी चीनसँग खुसी छैनौँ, हामी सबै परिस्थितिसँग खुसी छैनौँ किनकि चीनले चाहेको भए जहाँब...

उज्यालो अनलाइन

'चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर...

थाहा खबर