नेपालले खेल्ने भारत र पाकिस्तानविरुद्ध खेलको टिकट मूल्य कति ?

एजेन्सी – नेपालले दुई साता पछि एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा भदौ १३ (आगष्ट ३०) मा हुनेछ । भारतसँगको खेल भने श्रीलंकामा हुनेछ । भदौं १८ (सेप्टेम्बर) ४ मा नेपालले श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग […] The post नेपालले खेल्ने भारत र पाकिस्तानविरुद्ध खेलको टिकट मूल्य कति ? first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

रोयल एनफिल्डको ‘हन्टर ३५०’ बाइक नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

रोयल एनफिल्डले निर्माण गरेका अन्य मोटरसाइकलभन्दा निकै भिन्न रहेको हन्टर ३५० ले भारत र अन्तर्राष्ट्रियस्तरमा २० भन्दा धेरै अवार्ड प्राप्त गरेको छ ।

महिन्द्राले भित्र्यायो नयाँ गाडी ‘स्कर्पियो–एन’, कति पर्छ मूल्य ?

काठमाडौं । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन […]

भारत मै उत्पादन हुन थाल्यो आईफोन १४, कति पर्छ मूल्य ?

एप्पल कम्पनीले आईफोन १४ भारतमा एसेम्बल गरिरहेको जनाएको छ । अमेरिकी कम्पनी एप्पलले हालसम्म आफ्नो उत्पादनहरु चीनमा बनाउदै आएकोमा अब आईफोन १४ भारतमा एसेम्बल गरिरहेको जनाएको हो । एप्पलले भारतको  चेन्नईको बाहिरी भागमा रहेको आफ्नो श्रीपेरुम्बुदुर कारखानामा आईफोन एसेम्बल गरिरहेको हो ।  एप्पलले सन् २०१७ देखि नै भारतमा आईफोनहरू उत्पादन गर्दै आएको छ । तर हालसम्म आईफोनका पुराना मोडल मात्र भारतमा बन्ने गरेका थिए । अब भने एप्पलले हालै मात्र सार्वजनिक भएको नयाँ मोडल आईफोन १४ पनि भारत मै एसेम्बल गर्न सुरु गरेको हो । एप्पलले भारतमा उत्पादित फोनहरू स्थानीय रूपमा बेच्ने छ तर तिनीहरूलाई विश्वव्यापी रूपमा अन्य बजारहरूमा पनि निर्यात गर्नेछ। भारतका ग्राहकहरूले आगामी केही दिनमा स्थानीय रूपमा निर्मित उपकरणहरू प्राप्त गर्न थाल्ने भारतीय संचार माध्यम सीएनबिसीले जनाएको छ।जेपी मोर्गनका विश्लेषकहरूका अनुसार एप्पलले सन् २०२२ को अन्तसम्म आईफोन १४ को आफ्नो विश्वव्यापी उत्पादनको ५ प्रतिशत उत्पादन भारतमा सार्नेछ। एप्पलले 2025 सम्ममा सबै आईफोनहरूको २५ प्रतिशत भारतमा बनाउन सक्ने जेपी मोर्गनले उल्लेख गरेको छ।चीनबाट टाढा उत्पादन विविधीकरण गर्ने र भारतमा ग्राहकहरू बढाउने इच्छालाई पनि एप्पलले हेरेको बताईएको छ । एप्पल अझै आईफोन उत्पादनको बहुमतको लागि चीनमा धेरै निर्भर छ। तर बेइजिङले कोविड पुनरुत्थानलाई नियन्त्रण गर्न तालाबन्दीको रणनीतिलाई निरन्तरता दिएको छ। शून्य-कोविड नीतिले चीनभरका कारखानाहरूमा उत्पादनमा बाधा पुर्‍याएको र एप्पलको आपूर्ति श्रृंखलामा समस्या हुने गरेकोले पनि एप्पलले भारतलाई विकल्पको रुपमा लिएको हो।एप्पलले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा बिक्री बढाउन पनि खोजिरहेको छ। एप्पलको गत वर्ष भारतमा केवल ३.८% बजार हिस्सा थियो। यस वर्षको दोस्रो त्रैमासिकमा ४५,००० भारतीय रुपैयाँ भन्दा बढीका फोनहरू अल्ट्रा-प्रिमियम खण्डमा एप्पल सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बनेको थियो । आईफोन १३ मोडेलका कारण यो सम्भव भएको बताईएको छ ।भारतमा आईफोन १४ को मूल्य ७९ हजार ९ सय रुपैयाँ भारु बाट सुरु हुने छ।

खानेतेलको मुल्य घटयो, प्रतिलिटर कति पुग्यो

काठमाडाैं । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तेलकाे मूल्य घट्न थालेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल […]

सुन्दर अटोले बनायो पेट्रोल र ब्याट्रीबाट चल्ने स्कुटर, कति पर्छ मूल्य ?

सुन्दर अटो इन्जिनियरिङ प्रालिले पेट्रोल र ब्याट्री दुबैबाट चल्ने स्कुटर तयार गरेको छ । कम्पनीले भारत र चीनका प्राविधिकको रेखदेखमा स्कुटर निर्माण तथा एसेम्बल गरेको हो ।  एक पटकको चार्जमा स्कुटर सय किलोमिटरसम्म गुड्न सक्ने छ । स्कुटरमा राखिएको बटन थिचेर आवश्यकता अनुसार पेट्रोल र ब्याट्रीबाट स्कुटर चलाउन सकिने छ । कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ...

भारत निर्यात बिजुलीले कति पाउँछ मूल्य ?

काठमाडौं । गएको मंगलबारदेखि भारतीय ऊर्जा बजारमा नेपालमा उत्पादित विद्युत् निर्यात भएको छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालमा उत्पादित बिजुलीले पनि प्रवेश पाएको हो । नेपाल विद्युत् प्राधिकरणले ३९ मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ । भारतले अहिले निर्यातका लागि स्वीकृति दिएको २४ मेगावाटको त्रिशूली र...

खाने तेल व्यवसायीले भारत पठाउँदा नेपालमा महँगाे

काठमाडौँ– भान्सामा नभई नहुने वस्तु तेल। तेलको मूल्य अहिले दिनहुँ बढिरहेको छ। जसका कारणले उपभोक्ताहरु मारमा परेका छन्। भैंसेपाटीकी पार्वती ज्ञवाली भन्छिन्, ‘तेल नभई नहुने भएकाले मात्र हो किन्ने। कहिलेकाहीँ चाहिने भएको भए कहिल्यै किन्दैन थिएँ। तेलमा मात्रै कति धेरै खर्च हुन्छ। अरु कुरा पनि त्यस्तै महँगो। बजारमा छोइनसक्नु छ। के गर्ने होला ?’ कोरोनाले […]

कारको मूल्य बढाउँदै मारुती सुजुकी *

असार ७, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले घरेलु बजारमा कारको मूल्य बढाउने भएको छ । उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै चालू आर्थिक वर्षको दोस्रो त्रैमासदेखि लागू हुने गरी कम्पनीले मूल्य बढाउन लागेको  हो । उत्पादनसम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण विगत वर्षमा कम्पनीको सवारी साधनको मूल्यमा निरन्तर प्रतिकूल प्रभाव परेको र यसको प्रभाव स्वरुप कारको मूल्य बढाइएको कम्पनीले एक नियामक फाइलिङमा भनेको छ । मूल्य कति बढाउन लागिएको हो भन्नेबारे चाँहि मारुतीले केही पनि खुलाएको छैन । मोडल अनुसार बढाइएको मूल्य फरक- फरक हुने छ । कम्पनीले यस अघि पनि जनवरी १८ मा उत्पादन लागत बढेको भन्दै केही मोडलको मूल्य २४ हजार रुपैयाँसम्म बढाएको थियो । एजेन्सी *कारको मूल्य बढाउँदै मारुती सुजुकी हुनुपर्नेमा अन्यथा भएकाले यसअघिको समाचार सच्याइएको छ ।

अक्सिजन लेभल नाप्ने 'फिटनेस ब्यान्ड'

एजेन्सी। कोरोना भाइरसले मानिसलाई सबैभन्दा बढी स्वासप्रस्वासमा असर गर्छ। महामारीका कारण भारत तथा नेपालमा अक्सिजनको माग ह्वात्तै बढेको छ। यस्तोमा घरमै बसेर ब्लड-अक्सिजन लेभल नाप्ने फिटनेस ब्यान्ड सबैका लागि उपयोगी हुन सक्छ। यो ब्यान्डमा प्रयोगकर्तालाई एसपीओटु सेन्सर दिइनेछ। यसले हाम्रो रगतमा अक्सिजनको मात्रा कति छ भन्ने कुरालाई ट्र्याक गर्न मद्दत गर्छ। भारतमा यसको मूल्य तीन हजार भारु रहेको छ।

कति पर्छ एक डोज भ्याक्सिनको?

काठमाडौं। संसारमा अहिलेसम्म कोरोना भ्याक्सिन बजारमा किन्न पाइँदैन। अधिकांश भ्याक्सिन निर्माता कम्पनीले २०२१को अन्त्यसम्ममा यसलाई बजारमा उपलब्ध गराउने बताएका छन्।त्यसबेला प्रतिडोज भ्याक्सिनको डेढ हजार हाराहारीमा पाइने ती कम्पनीहरुको अनुमान छ। तर, भारत सरकारले भने भ्याक्सिनको मूल्य अढाइ सय भारु तय गरेको छ। भारतको ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरमले हजार भारुमा एक डोज उपलब्ध हुने बताएको छ।