मन्त्रिपरिषद् बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम कार्यविधि स्वीकृत

प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो ।यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । उक्त कार्यविधि स्वीकृत भएपछि प्रदेश सरकारलाई कार्यबोझअन