सबै नेपालीलाई समयमै गुणस्तरीय खोप निःशुल्क उपलब्ध गराउँछौं– अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई समयमै निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । निःशुल्क खोपको प्रतिबद्धताबाट सरकार पछि नहट्ने पौडेलले बताए ।  ‘हिजो हामीले निःशुल्क खोप उपलब्ध गराउँछौ भन्दा केही मान्छेले पत्याउँदैन थिए । हामी गुणस्तरीय खोप सबै नेपालीलाई समयमै निःशुल्क उपलब्ध गराउने तयारीमा छौं,’ बिहीवार नेकपा ओली समूह समर्थित प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पौडेलले भने ।  नेकपा महासचिव समेत रहेका पौडेलले तोकिएको मितिमै निर्वाचन हुने र केपी ओली नेतृ...