सहकारीबाट ७ करोड फिर्ता माग्दै प्रदर्शन

लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले करिब ७ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने मागसहित दिक्तेल बजारमा प्रदर्शन गरेका छन् । सञ्चालक समितिको हेलचेक्य्राइँले सहकारी डुबाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

सम्बन्धित सामग्री

तुलसी सहकारीबाट बचत फिर्ताको माग गर्दै १ हजार १६६ उजुरी

विराटनगर । विराटनगर महानगरपालिका–३ शंकरपुरस्थित तुलसी बहुउद्देश्य सहकारीबाट बचत रकम फिर्ताको माग गर्दै १ हजार १६६ जनाले प्रहरीमा उजुरी दिएका छन् । निवेदनमा माग गरिएको रकम ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँ छ । तुलसी बहुउद्देश्य सहकारी संस्थाका सञ्चालकले अनियमितता गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी बचत रहेको उक्त सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिन शुरू गरेका हुन् । अहिलेसम्म १ हजार १६६ जनाले ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँ फिर्ता माग गर्दै उजुरी दिएको एसपी दीपक पोखरेलले बताए । उनका अनुसार यो उजुरी मोरङका बचतकर्ताको मात्र हो । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीका शाखा झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा छन् । एक महीनादेखि ती सबै शाखा बन्द छन् । उक्त सहकारीका २१ हजार ७१३ जना सदस्य छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् भने सचिव सविना न्यौपाने, उपाध्यक्ष अनिता न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । एसपी पोखरेलका अनुसार उक्त सहकारीको अघिल्लो वर्षको लेखापरीक्षण गर्ने चार्टर्ड एकाउण्टेण्ट सितल चन्दलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । सहकारीका आठजना सञ्चालकविरुद्ध उजुरी परेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय अगाडि सहकारी पीडितको नारा जुलुस

नेपालगञ्ज – सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका पीडितले प्रमुख निर्वाचन अधिकृतको कार्यालय अगाडि नारा जुलुस गरेका छन्। सहकारीका रकम हिनामिना गर्नेहरु विभिन्न पार्टीबाट उम्मेदवार बन्न थालेको भन्दै उनीहरुको विरोध पीडितहरुले नाराजुलुस गरेका हुन् । सहकारीबाट ४३ करोड रुपैयाँ हिनामिना भएको छ । ठूलो संख्याका वचतकर्ता आफ्नो रकम फिर्ता पाउनका लागि निरन्तर आन्दोलनमा रहेका छन् […]

सहकारीको नियमन र अनुगमन कसले गर्ने ?

यतिखेर नेपालको सहकारी वृत्तमा सहकारीहरूको अनुगमनमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) सरिक हुने वा उसलाई सरिक गराएर लाने चर्चाहरू आउन थालेका छन् । यस्तो चर्चा विगतमा पनि नभएका होइनन् । केन्द्रीय बैंककै केही कर्मचारीहरू सहकारीमा गएर तिनका अनुगमन कार्यमा नसघाएका पनि होइनन् । अहिले सहकारीहरूलाई जुन किसिमको एकखाले नियमन वा स्वनियमनहरूको व्यवस्था गरिएको देखिन्छ, त्यो केन्द्रीय बैंककै हार्दिक सरसल्लाहकै उपज हो । सहकारी ऐनमा पनि केन्द्रीय बैंकले कुनै निश्चित (रू. ५० करोड) कारोबारभन्दा बढी वासलात भएका सहकारीहरूको अनुगमन गर्नसक्ने व्यबस्था गरिएको देखिन्छ । तर, गर्नसक्ने भन्ने कानूनी प्रावधानमा र गर्नेछ भन्ने प्रावधानमा आकाश जमीनको अन्तर हुन्छ । यसैले हालको यो चर्चामा पनि केन्द्रीय बैंक सहयोग गर्न सकिने भन्ने कुरामा नै अडिग रहेको देखिन्छ । यो मूलतः सहकारीलाई उसले विगत ३ दशकयता बनाउँदै आएको धारणाभित्रकै अडान हो भन्ने अनुमान गर्न सकिन्छ । मूल कुरो सहकारी ऐन र केन्द्रीय बैंक ऐनमा केन्द्रीय बैंकको सहकारी क्षेत्रमा केकस्तो भूमिका रहने भन्ने कुरा स्पष्ट छैन । हाल देखिएको सहकारी क्षेत्रको समस्या अहिलेको होइन । यो विगत ३ दशकयताकै हो । सहकारी ऐन २०४९ आउनुपूर्व पनि तिनका समस्या यथावतै थिए, मात्रा केही सानो ठूलोको मात्र हो । हाल देखिएको सहकारी क्षेत्रको समस्या अहिलेको होइन । यो विगत ३ दशकयताकै हो । सहकारी ऐन २०४९ आउनुपूर्व पनि तिनका समस्या यथावतै थिए, मात्रा केही सानो ठूलोको मात्र हो । अहिले पनि ती समस्या यथावतै छन् । मात्रा केही बढेको होला । हालैको सिभिल होम्स् सहकारी प्रकरणले उब्जाएको समस्या मात्र होइन, त्यो । विगतमा पनि ओरियन्टल सहकारीमा त्यही समस्या थियो । भरखरै धरानको वराह सहकारीमा पनि सिभिल होम्स् वा ओरियन्टलकै समस्या दोहोरिएको देखिन्छ । खोजिपस्दै जाने हो भने सहकारी भनेकै केही वर्ष राम्ररी चलाएको देखाएर सदस्यहरूको विश्वास जित्ने र अन्त्यमा सुटुक्कै रकम कुम्ल्याएर भाग्ने जस्तै हो भनेर बुझिएको पनि एउटा तीतो सत्यजस्तै हो । सदस्यहरू पनि ब्याजको प्रलोभनमा परेकै हुन्छन् । बैंक वित्तीय संस्थाहरूले २–४ प्रतिशतको ब्याज दिन नसकिरहेको अवस्थामा सहकारीले १२–१४ प्रतिशतको ब्याज निक्षेपमा दिएका आकर्षणले तिनले बैंकमा भन्दा सहकारीमा निक्षेप राख्ने नै भए । तिनले अरू कुरा केही हेरोइनन् । यसका अतिरिक्त मूल कुरा के पनि देखिएको छ भने सहकारीका सदस्यहरू एकअर्कामा चिनेजानेकै हुने भएको र तिनका हालीमुहालीकर्ताहरू पनि तीबाटै छानिएर आउने हुँदा पनि त्यहाँ बढी विश्वास गर्ने गरिन्छ । अर्थात् फलाना सहकारीको अध्यक्षमा फलाना भएसम्मका लागि कुनै चिन्ता छैन भनी सदस्य निक्षेकर्ताहरू हाइसन्चोमा रहने गर्छन् । अनि, केही टाठाबाठाहरूले त्यहाँबाट ठूलै कारोबार पनि गर्छन् । अब १२–१४ प्रतिशतको ब्याजको सदस्यको निक्षेप लिएर उसले लगानी गर्ने भनेको कम्तीमा पनि २० प्रतिशत ब्याजमा हो । महँगो ब्याजले कारोबार पनि महँगै पर्छ । आरम्भमा त ब्याज असुल होला । तर, जब व्यबसायमा समस्या पर्न थाल्छ तब ऊ कर्जाको पासोमा पर्न थाल्छ । कतिपय सहकारीका हर्ताकर्ताहरूले नै रियल इस्टेट व्यवसायमा छलाङ मार्न खोजेकै कारण सहकारी संस्थाहरू धराशयी बनेका वा बन्न लागेका उदाहरण प्रशस्तै छन् । सिभल होम्स् सहकारीले वा त्यसका सहायक भनिएका कम्पनीहरूले त्यस सहकारीकै रकमबाट राजधानीवरपर हजारौं घर बनाएर विक्री गर्दासम्म त्यस सहकारी संस्थाको वित्तीय स्थितिको अनदेखा गर्ने सदस्यहरूको आँखाचाहिँ यस्तो बेला खुलेको देखिन्छ जुनबेला ढिलो भइसकेको हुन्छ र संस्था सदस्य निक्षेपकर्ताहरूको निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा हुन्छ । त्यो बेला प्रहरी र सीआईबीकहाँ उजुरीका चाङ लाग्छन् । के सहकारी भनेको यही हो वा सहकारी संस्थाहरूको कारोबारको अन्तिम लक्ष्य भनेको सीआईबी र अदालतकै ढोका चहार्नु हो त ? भन्ने यक्ष प्रश्नको जवाफको आवश्यकता पहिलो हो । त्यो भनेको सहकारीको अनुगमन केन्द्रीय बैंकलाई दिएर मात्र त्यसको निवारण अचूक हुने भन्ने होइन । मूल समस्याको जड सहकारीको दर्ता प्रक्रिया र नियमनमै छ । जस्तो ः सिभिल होम्स वा ओरियन्टलमा उठेका कुनै एकल सहकारीका समस्याहरूलाई लक्षित गरेरभन्दा पनि प्रणालीगत समस्याको मूलजरो पहिल्याएर निदानका लागि उपायहरू अगाडि ल्याउनुपर्छ । त्यो भनेको सहकारीको नियमनका लागि एक बेग्लै स्वशासित, तटस्थ र स्वतन्त्र नियामक निकाय नै गठन गरिनुपर्छ । त्यसका लागि केन्द्रीय बैंक नै चाहिन्छ वा उसको संलग्नता हुनुपर्छ भन्ने एकथरी सहकारीका अभियन्ताहरूको लबिङलाई स्थान दिइरहनुको कुनै अर्थ छैन । सहकारीको नियमन र अनुगमनका लागि बेग्लै संयन्त्र विकास गरेर लाने कुरामा सरकार स्वयम् नै पहिले अग्रसर, चेतनशील र विवेकी हुनुपर्छ । यसका लागि उसले हाल यो क्षेत्रमा देखिएको, अनुभूत गरिएको राजनीतिको प्रथ्यक्ष वा परोक्ष हस्तक्षेप वा त्यसको कुनै पनि किसिमको संलग्नतालाई हटाउने हिम्मत उसले गर्नैपर्छ । त्यो कुरा त्यति सजिलो छैन । अहिले त सहकारीहरू स्थानीय निकायका अंगै भइसकेका छन् । त्यहाँ पनि आर्को जटिलता उत्पन्न हुनसक्छ, तिनका भूमिकालाई पुनरवलोकन गर्ने सन्दर्भ आएका खण्डमा । मूल समस्या भनेकै अझै पनि सहकारीको वर्तमान संयन्त्रमा कताकति राजनीतिक प्रभावको भूमिका रहीआएको देखिन्छ । यस लेखकको केन्द्रीय बैंकसितको लामो संलग्नता रहँदा विगतमा सहकारी ऐन २०४९ आउनेताका उठेका र उठाइएका प्रश्नहरूको जवाफको निदान गर्नेतर्फ अहिलेसम्म पनि सरकार उदासीन वा विवश रहेकै पाइएको छ । त्यो भनेको त्यतिबेलै पनि सहकारीलाई कुनै बेग्लै नियमनको संयन्त्रका अधीन राखेर लानुपर्छ भन्ने नै थियो । त्यसबेला सरकारमा रहेका कृषि मन्त्री, जो सहकारीका एक प्रखर अभियन्ता नै पनि हुन् केन्द्रीय बैंकलाई सहकारीको नियमन वा अनुगमनको भूमिका दिनु हुन्न भन्ने अडानमा थिए । केन्द्रीय बैंकले सहकारी ऐनमा भएको व्यवस्थाको अस्पष्टताका हुँदाहुँदै पनि विगतमा सीमित बैंकिङ कारोबारका लागि केही सहकारीहरूलाई इजाजत दिएकै हो । हाल त्यो सबै इजाजत खारेज गरिएको छ । सहकारीबाट उसले हात झिकेको यो नै उदाहरण प्रशस्त छ । कानूनी जटिलता उत्पन्न गर्ने केन्द्रीय बैंकको विगतको आफ्नो नीतिगत कमजोरीलाई उसले ढिलै भए पनि करेक्सन गरेको पाइन्छ । सहकारीका आफ्ना निर्देशक सिद्धान्त छन् । कार्यप्रणाली छ, अभियन्ताहरू छन्, त्यसका राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जालहरू छन् । तालीम केन्द्र मात्र होइन, सहकारीकै जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानहरू पनि छन् । जस्तै : वैकुण्ठ मेहता नेसनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट, पूणे भारत) । सहकारीका मन्त्रालय (कहिले कृषि, भूमिसुधार त कहिले गरीबीसितकै होस् ), बोर्ड छन्, अनेक सञ्जालहरू छन् । तर पनि सहकारीमै सिभिल होम्स र ओरियन्टलका जस्ता समस्या आउँछन् किन ? यसको उत्तर खोज्ने कार्यमा हाम्रो चासो देखिएन । हो, कुनै एकल सहकारी जस्तो ओरियन्टलमा समस्या पर्दा त्यसका लागि सरकारले कुनै बेला आयोग पनि गठन गरेकै हो । त्यसरी यो क्षेत्रको समस्याको निदान गरिनु हुँदैन, त्यो मोडालिटी नै गलत थियो । कुनै सहकारीमा प्रभावकारी र उच्च घरानियाँहरूको सदस्यको निक्षेप फिर्ता गर्ने त्यस किसिमको तरीकाले सहकारीमा प्रणालीगत छिद्रहरू टालिँदैनन् । सहकारीको विचार र वैचारिकतामा समस्या छैन, थिएन पनि । तर, नेपालमा भने केही सीमित व्यक्तिहरूले यसलाई ठगी खाने भाँडो बनाएकै हुन् । सहकारीले गाउँघरमा राम्रो काम नगरेको होइन । महिलाहरूले चलाएका कतिपय सहकारीहरूले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरतालगायत लघुवित्तीय सेवा प्रवाह र उत्पादनशील रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएका उहाहरण प्रशस्तै छन् । सहकारी हाम्रोजस्तो अर्थ प्रणालीमा आवश्यक पनि हो । त्यसैले यसको आवश्यकता र केही सहकारीले ल्याएका विचलनबीच सन्तुलित सहकारी प्रणालीको खोजीको अर्को चुनौती पनि यथावत् नै छ । मूल कुरो, अहिलेसम्म पनि सरकारले गर्नपर्ने तर नगरेको र यो क्षेत्रमा बनाउनुपर्ने अति आवश्यकीय संरचना : एक स्वतन्त्र, तटस्थ र स्वतन्त्र नियामक निकाय, प्रणाली स्थापना गरेर यो क्षेत्रलाई अगाडि ल्याउन सक्यो भने यो क्षेत्रमा देखिएको र दोहोरिरहने विकृति कम गर्न सकिन्छ । त्यसका लागि हाल चर्चामा भइरहेकोजस्तो केन्द्रीय बैंकको संलग्नता नै अन्तिम उत्तर भने होइन । केन्द्रीय बैंकलाई उसले इजाजत दिएका, वित्तीय संस्थाहरूको नियमन र सुपरिवेक्षण गर्ने नै चुनौती रहिरहेका बेला तीसौं हजारको संख्यामा रहेका सहकारीको अनुगमन ऊबाट हुन्छ भन्ने सम्भावना क्षीण छ । केन्द्रीय बैंकलाई यस कार्यमा अलमल्याउन पनि बुद्धिमानी हुँदैन, उसको राय र प्राविधिक सहयोग जहिल्यै लिन सकिन्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

यी हुन् इच्छाराज सहित अदालतमा मुद्दा दायर भएका ४३ जना

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।   एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। उनी विरुद्द ठगी, लिखत सम्वन्धी कसुर तथा संगठित अपराध गरेको आरोपमा मुद्दा दर्ता भएको हो । मुलुको अपराध संहिता २०७४ को दफा २५१ मा रहेको सम्पत्तिको आपराधिक उपयोग गरेको कसुरमा उनी विरुद्द दर्ता भएको हो । उनी विरुद्द निम्न ६ वटा आरोपहरुमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरेको थियो । - बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोयी हुन् ४३ जना प्रतिवादी प्रतिवादीहरुनाम:ठेगानाप्रतिक्षा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोदानहिरा तुलाधर(कंसाकार)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोकृष्णप्रसाद श्रेष्‍ठधनुषा , जनकपुर नगरपालिका वडा न. - १० , घर न. - नखुलेकोशंकर प्रसाद पाठकभक्तपुर , सूर्यविनायक नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोईच्छा राज तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोमिना गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोखेमनाथ डल्लाकोटीचितवन , खैरहनी वडा न. - ६ , घर न. - नखुलेकोहरिप्रसाद लामिछानेकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोसुमन नन्द बैद्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकौस्तुभ केतन ढुङगानाकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोअष्टरत्‍न तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकान्ती लक्ष्मी उपाध्यायभक्तपुर , चाँगुनारायण नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रतिष्ठा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोएलिना तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोअनु लामिछाने भन्ने अन्ननपूर्ण खनालकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोडा. ईन्द्रराज हुमागाईकाभ्रेपलान्चोक , ढराउनेपोखरी वडा न. - ८ , घर न. - नखुलेकोगोपाल बहादुर श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोसुबास कुमार श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरन्जना महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १७ , घर न. - नखुलेकोसुमन श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोनारायण लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २७ , घर न. - नखुलेकोसंगित श्रेष्ठकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ७ , घर न. - नखुलेकोकेशवलाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोप्रकाश कुमार बर्मासिन्धुली , फिक्कल गाउँपालिका वडा न. - ५ , घर न. - नखुलेकोजीवनराज बज्रचार्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १० , घर न. - नखुलेकोप्रविण प्रसाद प्रधानकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोडा. दुर्गा प्रसाद संग्रौलाझापा , गरामुनी वडा न. - ९ , घर न. - नखुलेकोहरिप्रसाद रिसालललितपुर , ललितपुर महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोलालकाजी गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २४ , घर न. - नखुलेकोभगवान बहादुर सिंह (डंगोल)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १२ , घर न. - नखुलेकोबिजय बिक्रमञ शाहीकाठमाडौं , नागार्जुन नगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोमुकुन्द प्रसाद न्यौपानेझापा , चन्द्रगढी वडा न. - ८ , घर न. - नखुलेकोमायोनानी महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेकोजयन्द्र लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोबुद्द राज तामाङकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रविण मुखियाललितपुर , ललितपुर महानगरपालिका वडा न. - ५ , घर न. - नखुलेकोरामराज मास्केसर्लाही , बागमती नगरपालिका वडा न. - २ , घर न. - नखुलेकोकेशव कुमार अमात्यललितपुर , ललितपुर महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरामकृष्ण पौडेलधादिङ , थाक्रे गाउँपालिका वडा न. - १० , घर न. - नखुलेकोनगेन्द्र विमलीझापा , अर्जुनधारा वडा न. - ९ , घर न. - नखुलेकोराकेश महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेको

इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता, ८ वर्ष कैद र साढे ५ अर्ब बिगो माग

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। ६ वटा आरोपहरुमा केन्द्रित अनुसन्धान- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोतामाङ लगायत १२ जनाविरुद्द लागेका यी आरोपहरु प्रमाणित भएको अवस्थामा सबैलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही हुनेछ। मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।

सिभिल सहकारी ठगी प्रकरण : सीआईबीको सम्पर्कमा आउँदै पीडितहरू

काठमाडौं । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पक्राउ गरेपछि थप ११३ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सम्पर्कमा आएका छन् । सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । गत मंगलवार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनीहरूलाई अहिले हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । यस क्रममा थप पीडितहरू थपिँदै आएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए । ‘उनीहरूलाई पक्राउ गरेपछि मंगलवार ६० र बुधवार ५३ जना पीडितहरूले जाहेरी दिइसकेका छन्,’ उनले भने, ‘बिहीवार घटस्थापनाको बिदाका कारण थप पीडितहरू आएका छैनन् ।’ पीडितहरू थपिएसँगै तामाङसहितको टोलीले गरेको ठगी रकम पनि बढेर करीब ८४ करोड पुगेको उनको भनाइ छ । मंगलवार १३७ पीडितको जाहेरीका आधारमा उनीहरूमाथि ७० करोड ८७ लाख १३ हजार रुपैयाँ गठी गरेको आरोप लगाइएको थियो । तर, अहिले त्यो बढेर करीब ८४ करोड रुपैयाँ पुगेको छ । उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । यस क्रममा सीआईबीले मंगलवार उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । निक्षेपकर्ताहरूको उजुरीका आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् । यस कसुरमा संलग्न अन्य ११ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । यसमा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि छन् । निक्षेपकर्ताले मुद्दती खातामा जम्मा गरेको रकम अवधि सकिएपछि झिक्न पटकपटक सहकारीमा पहल गरेका थिए । तर पनि सहकारीबाट पैसा फिर्ता नपाएपछि पीडित निक्षेपकर्ताहरू कानूनी प्रक्रियामा अगाडि बढेका हुन् । सीआईबीले अन्य पीडित निक्षेकर्तालाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ । प्रारम्भिक अध्ययनले सिभिलमा करीब २ हजार २०० जना सक्रिय निक्षेपकर्ता छन् । तर, त्यसमा कति जना ठगिए भनेर यकिन भइसकेको छैन । तसर्थ, सबै पीडित निक्षेपकर्ता सम्पर्कमा आएर जाहेरी दिनुपर्ने प्रवक्ता महतोले बताए । यस घटनामा तामाङसहितको टोलीले योजनाबद्ध रूपमा उक्त रकम हिनामिना गरेको बताइएको छ । उनीहरूले सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि उक्त रकम प्रयोग भएको बताइएको छ । सहकारीले गरेको विभिन्न क्षेत्रमा लगानीको प्रतिफल पनि नआएको बताइएको छ । ‘सहकारीले अरू विभिन्न संस्थामा लगानी गरेको थियो । तर, त्यसबापत सहकारीले पाउने प्रतिफल पनि प्राप्त नभएको जाहेरवालाहरूले बताएका छन्,’ सीआईबी प्रवक्ता महतोले भने, ‘त्यो रकम अन्त कतै लगेर हिनामिना गरिएको हुन सक्छ । तसर्थ यस विषयमा रहेर पनि अनुसन्धान गरिरहेका छौं ।’