बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

सम्बन्धित सामग्री

बीपी राजमार्ग एकतर्फी सञ्चालन

लगातारको वर्षापछि  ठाउँठाउँमा पहिरो खस्नुका साथै कालढुंगामा आएको बाढीले अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

बर्दिवास–सिन्धुलीमाडी खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार बिहान १० बजेबाट एकतर्फी यातायात सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका ११ फाल्चुरी नजिक बिहीबार राति खसेको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

निरन्तरको वर्षापछि खोलाको सतह बढ्दा अवरुद्ध बीपी राजमार्गको माम्ती खण्ड १५ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।