बैदेशिक रोजगारीमा गएकाहरुले अब सिधै आईपी तथा एफपीओमा लगानी गर्न पाउने भएका छन् । सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि अब सहज रुपमा नेपालमा प्राथमिक सेयर (आईपीओ) तथा राइट सेयर (एफपीओ) मा लगानी गर्न मिल्ने गरी कोटा छुट्याउने व्यवस्था गरिने बताएका हुन् । सोही अवसरमा अर्थमन्त्री शर्माले रेमिट्यान्सलाई आकर्षण गर्ने गरी छुट्दै श्रमिक कोष खडा गरिने र सो कोषमा योगदान गर्नेलाई विशेष इन्सेटिभ्सको व्यवस्था गरिने समेत