राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता बिशभ अधिकारीले बताएका छन् । साथै बैठकले चैत्र २७ गते हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन

सम्बन्धित सामग्री

२०७९ मा राप्रपा कति शक्तिशाली ?

राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा) महाधिवेशनबाट अध्यक्षमा कमल थापा पराजित भई नेतृत्वमा राजेन्द्र लिङ्देन आएपछि धेरैको आशंका थियो, राप्रपा सकियो । राप्रपाको मियोजस्तै बन्न पुगेका थापा पार्टीमा क्रियाशील सदस्य र केन्द्रीय समितिमा बहुमत हुँदाहुँदै अचानक लिङदेलनसँग पराजित भएका थिए ।लिङ्देन नेतृत्वमा आएपछि थापा जत्तिको उचाइमा राप्रपा नपुग्ने धेरैको आशंका थियो । तर, लिङ्देनले धेरैले गरेको आशंकालाई गलत सावित गराएका छन् । लिङ्देन नेतृत्वको राप्रपा २०७९ वैशाख ३० गतेको निर्वाचनमा कतै तालमेल कतै एकल

राप्रपा केन्द्रीय सल्लाहकार समितिकाे अध्यक्षमा थापा

काठमाडौँ– राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । थापा केन्द्रीय सदस्य हुन् । उनी पूर्वगृह तथा कानुनमन्त्री पनि हुन् ।

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन।एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशन अन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। राप्रपामा केही पदाधिकारी र केन्द्रीय सदस

राप्रपा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीमा भावी नेतृत्वका लागि अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । थापाले सोमबार अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । लिङ्दनले ९ मंसिरमै उम्मेदवारी घोषणा गरेका...

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए […]

राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन्। थापा राप्रपाका पुराना नेता हुन्। उनले प्रतिष्पर्धी भक्ति सिटौलालाई हराउँदै थापा प्रदेश अध्यक्ष निर्वाचित भएका हुन्। दुइजनाबीच ३८ मतको अन्तर रहेको जनाएको छ। आज प्रदेश १ को अध्यक्ष चयनका लागि निर्वाचन भएको हो।