छोटकरीमा : वर्षदिनपछि उखु किसानले फेरि थाले काठमाडौँमा आन्दोलन

गत वर्ष पुषमा उखु किसान र सरकारबीच सम्झौता भएपनि त्यसअनुरुप काम नभएपछी उखु किसान आन्दोलित भएका हुन्। आइतबार काठमाडौंमा शुरु भएको आन्दोलनमा सर्लाहीका करीब दुई दर्जन उखु किसान सहभागी भएका छन्। जिल्लाबाट अरु पनि किसान आउने क्रममा रहेकाले संख्या बढ्दै जाने निश्चित छ। किसानहरुले हरेक दिन बिहान ११ देखि साँझ पाँच बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने बताएका छन्।

सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेका छन्। चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको वाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन्।

माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।


सर्लाही रामनगरका दिपेन्द्र यादव पनि उखुको बक्यौता माग गर्दै आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । चिनी मिलबाट आफ्नो रकम दिलाइदिन माग गर्दै काठमाडौंं आएका उनी भन्छन्, ‘पहिलेपटक आन्दोलन गरेर फर्किएपछि एक साता आउँछ, अर्को महिना आउँछ भन्दै वर्ष दिन कटायो । अब पैसा पाएन भने यही भोक हड्ताल गर्नुको विकल्प छैन ।’


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक