चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको सक्रियतामा भरतपुर महानगरपालिका-७ मा नेपालकै पहिलो जेब्राफिस अनुसन्धान केन्द्र स्थापना गरिएको छ । नेपाल जेब्राफिस इन नेचर सेन्टर (एनजिन्क) नाम दिइएको उक्त अनुसन्धान केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो । केन्द्रले नेपालमा पाइने जङ्गली जेब्राफिसको पहिचान, आनुवंशिक विविधताको अभिलेखीकरण तथा संरक्षण गर्दै आधुनिक जैविक अनुसन्धानलाई […]