मानवीय सेवासँग पनि जोडौँ तीज पर्वलाई

तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थान उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरियाणा, गुजरात लगायतका स्थानमा करोडौ करोड धर्मालम्वीहरूले मनाउँदै आएका छन् । तीजलाई हरियाली तीज, कजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि नामबाट पनि मनाइन्छ । नेपाल लगायत भारतका विभिन्न स्थानमा धुमधामसंग हरितालिका तीज मनाइन्छ । यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित हँुदै गरेको देखिन्छ ।तीज पर्वको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक महत्व रहेको छ । स्वयं माता प