छाेटकरीमा २०२० : अमेरिकी राष्ट्रपति निर्वाचन

यस वर्ष हरेक ४-४ वर्षमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन सम्पन्न भएकाे छ। राष्ट्रपति डाेनाल्ड ट्रम्प र जाे बाइडन बीच कडा प्रतिस्पर्धा हुने ठानिए पनि बाइडेनले फराकिलाे मतान्तरका साथ राष्ट्रपति निर्वाचन जितेका छन्। डेमाेक्य्राटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत (२७०) भन्दा बढी (३०६) मत हासिल गरेका छन्।

जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। डेमाेक्य्राटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको राष्ट्रपति बन्नका लागि आवश्यक मत (२७० मत भन्दा बढी) हासिल गर्न सफल भएका हुन्। बाराक ओबामा सरकारका उपराष्ट्रपति रहेका बाइडन विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्।


चुनावअघि देखि नै आफूले चुनाव हारे नतिजा नस्वीकार्ने बताइरहेका ट्रम्पले चुनावी नतिजा आफ्नाे पक्षमा नआएपछि उनले चुनावमा धाँधली भएकाे बताएका थिए। उनले लामाे समयसम्म आफूले चुनावी परिणाम नस्वीकार्ने बताएका थिए। तर, अमेरिकी सर्वाेच्च अदालत र त्यहाँका महान्याधीवक्ताले चुनावमा धाँधली नभएकाे बताएपछि ट्रम्प चुनावी परिणाम स्वीकार्न बाध्य भएका छन्।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक