छोटकरीमा: आज- २०७७ पौष २७, साेमबार

आज 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे', 'निर्वाचन आयाेगलाई निर्वाचनका कार्यक्रम राेक्न प्रचण्ड-नेपाल समूहकाे आग्रह', 'नेपालमा काेराेना खाेप छिट्टै आउने स्वास्थ्यमन्त्रीकाे दाबी', 'अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियाेग लाउने तयारी' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

नेकपा (प्रचण्ड-नेपाल) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दाेलन सिध्याउन खाेजेकाे आराेप लगाएका छन्। ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको समेत उल्लेख गरेका छन्।


नेकपा प्रचण्ड-नेपाल समूहले निर्वाचन आयाेगलाई निर्वाचनका कार्यक्रम अगाडि नबढाउन आग्रह गरेकाे छ। नेकपाका अध्यक्षद्वय दाहाल र नेपाल लगायत नेताहरू निर्वाचन आयोग पुगेर संसद विघटनकाे मुद्दा सर्वाेच्चमा विचाराधी रहेकाेले तत्काल निर्वाचनका कार्यक्रम अगाडि नबढाउन आग्रह गरेका हुन्। उता निर्वाचन आयाेगले सरकार वा अदालतले नभनी निर्वाचन कार्यक्रम राेक्न नसकिने बताएकाे छ।


'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७' का अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्। दिवसका अवसरमा नेपाली सेना तथा विभिन्न संघ संस्थाले पृथ्वीनारायण शाहलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। उता सिंहदरबार अगाडि राजावादी र प्रहरीबीच झडप भएकाे छ। राजावादीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि झडप भएकाे हाे।


सरकारले काेराेना खाेप कार्यक्रमका लागि १६ हजार खाेपकेन्द्र बनाउने तयारी गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काेराेना खाेप चाँडै नेपाल भित्र्याउने बताउँदै खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने बताए।


गृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनकाे तयारीमा लाग्न सुरक्षाबलहरूलाई निर्देशन दिएका छन्। उता अर्थमन्त्री विष्णु पाैडेलले चुनावका लागि बजेट प्रस्ताव गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।


अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई तल्लो सदनका डेमोक्र्याटहरूले 'दङ्गालाई प्रोत्साहन गरेको' आरोपमा महाभियोग लगाउने तयारी गरेका छन्। तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक