एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । दुवईको आईसीसी एकेडेमीमा टस जितेर भारतले सुरुमा बलिङ गर्ने निर्णय गरेपछि पाकिस्तानले सुरुमा ब्याटिङ गरेको हो । पहिलो सेमिफाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा भने बंगलादेशलाई समान आठ विकेटले नै हराएको पाकिस्तानले भारतसँग फाइनल भेट पक्का गरेको हो। […]