काठमाडौँ । अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसदमा विरोध गरिरहेका छन् ।