रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले नयाँ प्रधानमन्त्री पाउँदै गरेका बालेन शाहको वास्तविक नाम बालेन्द्र हो। ज्योतिषशास्त्रअनुसार बालक जन्मेपछि नामकरण हुन्छ, जसलाई न्वारान कार्य भनिन्छ। बाल शब्दमा इन्द्र प्रत्यय लाग्दा बालेन्द्र हुन्छ। इन्द्र पौराणिक शास्त्रअनुसार स्वर्गका देवेन्द्र अर्थात् देवताका राजा हुन्। यहाँ देवत्वकरणको प्रयास गरिएको होइन, बालेन्द्रबाट उनी बालेन भएका छन्। […]