बाढीले मालढुंगा पुलको बेस भत्कायो, बागलुङ-पर्वत आवतजावत ठप्प

काठमाडौँ । अविरल वर्षापछि उर्लिएको कालीगण्डकी नदीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको आधारमा क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको आवतजावत ठप्प भएको छ। गएरातिदेखिको वर्षासँगै नदीमा पानीको बहाव बढ्दा पर्वततर्फबाट पुल प्रवेश गर्ने स्थानमा केही मिटर सडक तथा बेस भासिएको हो। पुलमा क्षति पुगेपछि सवारीसाधनसँगै पैदलयात्रुको आवतजावतसमेत रोकिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। मालढुंगा पुल […]