स्पष्टीकरण माग्नेकै हैसियतमाथि प्रश्न उठाउँदै एमालेका चार नेताले जवाफ पठाउने

पार्टी अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णयगरेको थियो । त्यसैका आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेल ले स्पष्टीकरण पत्र पठाएका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवब