चितवनबाट बाघ गणना सुरु

चितवन– चितवनबाट आइतबार बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरु गरिएको हो । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गरेर सर्वेक्षणको उद्घाटन गरे । बाघ सर्वेक्षणका लागि करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा […]

सम्बन्धित सामग्री

चितवनबाट बाघ गणना २०२२ सुुरु

राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाका लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताए । […]

चितवनबाट सुरू हुँदै बाघ गणना, ६ सय क्यामेराबाट बाघको फोटो खिचिने

'बाघको संख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्यलाई यसपटक हासिल गर्ने विश्वास लिएका छौं,' उनले भने, 'बाघ गणना हाम्रोलागि राष्ट्रिय पर्वजस्तै बनेको छ।'

मंसिर १९ गतेदेखि चितवनबाट बाघ गणना सुरु, पुस महिनाभित्र सक्ने लक्ष्य

काठमाडौं, मंसिर १३ । नेपालका राष्ट्रिय निकुञ्जमा यही मंसिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्ने छ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको […]