छोटकरीमा यस साता : कोरोना खोप भित्रिएपछिको नेपाल

सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी गरेको छ। कोभिड खोप अभियानको पाँचौं दिनसम्म आइपुग्दा खोपको प्रभावकारिता कस्तो रह्यो ? कोरोना खोप भित्रिएपछिको नेपालको अवस्था कस्तो देखिदै छ ?

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भयो। पहिलो चरणको खोप विभिन्न अस्पतालका निर्देशकदेखि विभिन्न रोग विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मीले विभिन्न खोप केन्द्रबाट खोप लगाएका थिए।


कोरोनाविरुद्धको खोप अभियान संचालन भएको दोस्रो दिन २८ हजार ७३२ व्यक्तिहरुले खोप लगाएका थिए। यस्तै, अहिलेसम्म कसैलाई पनि यसको कुनै नकरात्मक प्रभाव र स्वास्थ्य समस्या नदेखिएको सरकारले बताउँदै आइरहेको छ।


माघ १४ गते सुरु गरिएको खोप अभियानमा तेस्रो दिनसम्म आउँदा खोप लगाउने व्यक्ति बढेको देखिन्छ । अहिलेसम्म कसैलाई पनि यसको कुनै नकरात्मक प्रभाव र स्वास्थ्य समस्या नदेखिएकाले खोप लगाउनेको संख्या बढेको हो।


शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबारसम्म ७७ जिल्लाका एक सय ४३ खोपकेन्द्रबाट खोप वितरण भइरहेको थियो।


कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत पौष १८ गते आइतबार (पाँचौं दिन) मुलुकभर ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रबाट २३ हजार ५ सय ८५ जनाले खोप लगाए। आइतबारसम्म आइपुग्दा कुल ८८ हजार ७ जनाले खोप लगाइसकेका छन्। 

पहिलो दिन ९ हजार ८४,

दोस्रो दिन १९ हजार ६ सय ४८,

तेस्रो दिन १७ हजार ४ सय ६५

र चौथो दिन १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका हुन्।


सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी गरेको छ। पहिलो डोज लगाएको २८ दिनपछि मात्रै दोस्रो डोज खोप दिने भनिएको छ। त्यसपछि मात्र खोप प्रक्रिया पूरा हुन्छ। त्यसैले दोस्रो चरणको खोप अभियान सुरु हुन नै अझै करिब डेढ महिना लाग्ने अवस्था देखिएको छ। 


पछिल्लो तथ्यांकअनुसार विश्वभर दैनिक औसत ४४ लाख ७० हजार डोज खोप विश्वभर लगाइने गरिएको छ। ब्लुमबर्गले संकलन गरेको तथ्यांकअनुसार हालसम्म ६२ देशमा खोप लगाउने काम सुरु भएको छ ।


दक्षिणी छिमेकी भारतपछि अब उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने भएको हो ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक