छोटकरीमा : हड्तालमा जसको कमाइखाने ट्याक्सी जलाइयो!

आमहडताका क्रममा बिहीवार काठमाण्डू उपत्यकामा दुई ट्याक्सी जलाइनुका साथै सातवटा गाडीमा तोडफोड भएका छन्। तीमध्ये गोङ्गगबुमा आगजनी गरिएको एक ट्याक्सीका चालक धादिङका कुम्भनारायण श्रेष्ठले ग्राहक बनेर आएका दुई जनाले झुक्याएर ट्याक्सीमा आगो लगाइदिएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार बिहान सामाखुसीमा अज्ञात व्यक्तिले एउटा ट्याक्सीमा आगजानी गरे । ४१ वर्षीय कुम्भनारायण श्रेष्ठको प्रदेश३ – ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर खरानी भयो ।


आज आमहडताल भन्ने पनि थाहा थिएन । बिहान ४ बजे नै ट्याक्सी लिएर निस्किएँ । पहिलो ट्रिप थापाथलीबाट सोह्रखुट्टेको थियो । सोह्रखुट्टेबाट सामाखुसीको ट्रिप लाग्यो । दुई ट्रिपमा ४ सय रुपैयाँजति कमाइ भएको थियो । 

सामाखुसी पुग्दा बिहानकाे ६ बजेको थियो । 'चाबहिल जाऊँ' भनेर दुई जना आउनुभयो । मैले 'हुन्छ' भनेँ । मिटर अन गर्नेबित्तिकै ट्याक्सीमा पेट्रोल छर्केर सलाइ कोरेर बाले । त्यसपछि मैले केही सोच्नै सकिनँ । म ट्याक्सीभित्रै थिएँ । धन्न बाहिर निस्किएछु - श्रेष्ठले भनेका छन्।


सामाजिक सञ्जालमा आजभन्दा पाँच वर्षअघिको भिडियो भाइरल बन्यो, जहाँ ट्याक्सी जलेको दृश्य देख्न सकिन्छ। तर सो भिडियो आज भएको आमहड्तालको क्रममा जलाइएको कुम्भनारायण श्रेष्ठको होइन।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोका कारण पीडित परिवारले अनावश्यक तनाव व्यहोर्नुपरेको छ । र, पीडित परिवारजनको आग्रह छ– हामीले बिर्सिएको पुरानो घटनालाई अहिले सामाजिक सञ्जालमा पोष्ट गरेर रमिता नदेखाइदिनुहोला ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक