काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए […]