अन्तिम संस्कारमा चस्मा लगाएर पुगेपछि शाहरुख ट्रोलको शिकार

एजेन्सी। जुलाई ७ मा निधन भएका बलिउड अभिनेता दिलीप कुमारको अन्तिम संस्कारमा चस्मा लगाएर पुगेका अभिनेता शाहरुख खान ट्रोलको शिकार भएका छन्। शाहरुखको हाल सामाजिक सञ्जालमा एक तस्बीर सार्वजनिक भएको छ। जसमा चस्मा लगाएका शाहरुखले दिलीप पत्नी सायरालाई सम्हालिरहेको देख्न सकिन्छ। यसबाट निराश प्रयोगकर्ताहरुले उनलाई अन्तिम संस्कार गएको हो वा डन ३ को शुटिंगमा भन्दै मजाक उडाएका हुन्।