रुसी समकक्षीसँग परराष्ट्रमन्त्री श्रेष्ठको टेलिफोन वार्ता, रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन अनुरोध

काठमाडौँ – नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र […]