वर्ष ०६४/६५ मा सुरु भएको आयोजना ०७३/७४ मा सक्ने सुरुवाती लक्ष्य थियो । तर, निर्माणमा ढिलाइ भएपछि ६ वर्ष म्याद थपेर ०७९/८० निर्माण सक्ने भनिएको छ । तर, म्याद थपिएको तीन वर्षमा पनि कामले तीव्र गति समातेको छैन । त्यसैले आगामी तीन वर्षमा आयोजना सम्पन्न हुने लक्षण छैन ।
पहिले सिन्धुलीको खुर्कोटदेखि पोखरासम्म सञ्चालनमा रहेकै राजमार्ग प्रयोग गर्ने भनिएको थियो । तर, पछि रुट परिवर्तन गरेर ओखलढुंगाबाट रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ हुँदै पोखरा जोड्ने नयाँ रेखांकन भएको हो ।
मध्यपहाडी लोकमार्ग तथ्यांकमा:
आयोजनाको सुरुको कुल लागत : ३३ अर्ब ३६ करोड
संशोधित कुल लागत : एक खर्ब एक अर्ब ५० करोड
थपिएको लागत : ६८ अर्ब १४ करोड
आयोजना थालनी भएको आर्थिक वर्ष : ०६४/६५
आयोजना सम्पन्न गर्न तोकिएको वर्ष : ०७३/७४
आयोजना निर्माण सम्पन्न तोकिएको संशोधित वर्ष : ०७९/८०
थपिएको समयावधि : ६ वर्ष
आर्थिक वर्ष ०७७/७८ कात्तिकसम्मको कुल खर्च: ५६ अर्ब ९६ करोड
अहिलेसम्मको समष्टिगत भौतिक प्रगति : ५४ प्रतिशत
अहिलेसम्मको समष्टिगत वित्तीय प्रगति : ५६ प्रतिशत
चालू आवको बजेट : ८ अर्ब १७ करोड
गत आवको बजेट : १२ अर्ब ११ करोड
आयोजनामा निर्माण गर्नुपर्ने पुल : १२९ (८४ सम्पन्न, १७ निर्माणाधीन, २८ प्रक्रियामा)
सडकको कुल लम्बाइ : १८७९ किलोमिटर