छोटकरीमा : आज - २०७८ वैशाख २९, बुधबार

आज नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो, जसपा शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ, इजरायल र हमासबीचकाे बम हानाहान झनै तीव्र, भीषण युद्धको आशंका लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

 २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।


निजी अस्पतालले अक्सिजन हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भनेर हात उठाएको बेला सरकारले ती अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ।


गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै वैशाख २६ मा राजीनामा दिएपछि गुरुङ कामचलाउ सरकारका मुख्यमन्त्री थिए । 


आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरी मतदान केन्द्रसमेत निर्धारण गरेको छ । आयोगले बुधबार प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता नामावली स्वीकृत गरेको हो । 


संघीय संसद्को प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले नयाँ सरकार गठनका लागि पहल थालेको छ । माओवादीको समर्थन पाएको कांग्रेसले सरकार गठनका लागि जसपाको महन्थ–राजेन्द्रसँग चुनावी सहकार्यसम्मको प्रस्ताव र झलनाथ–माधव पक्षका सांसदसँग राजीनामाको अपेक्षा गरेको छ । 


गाजापट्टीमा प्यालेस्टिनी हमास संगठन र इजरायली सेनाबीच बम हानाहान भइरहेको छ । दुई पक्षले एकअर्काविरुद्ध रकेट बम प्रहार गर्ने क्रम झनै तीव्र पारेका छन् । यसले भीषण युद्धको संकेत गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता जनाएको छ । 


नेपालमा दोस्रो चरणको महामारी फैलाइरहेको नयाँ प्रकारको कोरोना भाइरस भारतबाट संसारका ४४ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८, वैशाख २४, शुक्रबार

आज शिक्षण र टेकु अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित, कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन राष्ट्रसंघलाई आग्रह कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।