बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]