एमाले प्रवेश गर्न लागेका मन्त्री चौधरी बर्खास्त

एमाले प्रवेश गर्न लागेका सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तीमा परेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । चौधरीसहित पूर्वमन्त्री तारा तमाङलगायत समाजवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । उनीहरुलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगिसकेका छन् ।