बाँकेमा कोरोना सङ्क्रमण अघिल्लो वर्षकै अवस्थामा, अस्पताल अस्तव्यस्त

गत वर्ष कोरोना महामारीले सताएको बाँकेमा यतिबेला महामारी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा समस्या बल्झिएको हो ।