प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवनबाहिर चहलपहल बढेको छ ।
प्रधानमन्त्री ओलीले आफूमाथि संसदको विश्वास छ भनेर देखाउनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
बैठक शुरू हुनुअघि सांसद, कर्मचारी, मर्यादापालक लगायतको चहलपहल बढेको छ ।
मतदानमा सहभागी हुने कतिपय सांसदमा कोरोना भाइरस संक्रमण देखिएकाले छुट्टै व्यवस्था गरिएको छ । संसद भवनबाहिर टेन्ट राखेर संक्रमित सांसदले मतदान गर्ने व्यवस्था मिलाइएको संसद सचिवालयले ज...