‘ए’ डिभिजन लिग : मच्छिन्द्र र पुलिस खेल्दै, एएफसी कप छनोट खेल्न मच्छिन्द्रलाई जित्नैपर्ने दबाब

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्न लागेका हुन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ । एएफसी कप छनोट खेल्न मच्छिन्द्रलाई आज खेल जित्नैपर्ने दबाब छ । मच्छिन्द्र ६ खेलमा १४ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । पुलिससँग हार वा बराबरीले मनाङ एएफसी कपका लागि छनोट हुनेछ । मनाङ ७ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । पुलिस ६ खेलमा ६ अङ्कसहित दशौँ ...

सम्बन्धित सामग्री

मच्छिन्द्र एएफसी कपको छनोटमा

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको साबिक विजेता मच्छिन्द्र क्लबले एएफसी कप छनोटमा स्थान सुरक्षित गरेको छ । लिगको आइतबार सातौँ चरणमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र...

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेल

मच्छिन्द्रले पुलिसलाई हरायो, एएफसी कप छनोट खेल्ने पक्का

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । आज आइतवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले पुलिसलाई एक–शून्य गोलले हराएको हो । मच्छिन्द्रका लागि २१ औँ मिनेटमा सुनिल बलले गोल गरे । आजको जितसँगै मच्छिन्द्रले एएफसी कपको छनोट खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहने टोलीले छनोट खेल्ने गरी एसियाली फुटबल महासङ्घलाई प्रस्ताव पठाएको थियो । सातौँ चरणसम्म मच्छिन्द्र १७ अङ्कसहित शीर्ष स्थानमा रह...