कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ  । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ  । अधिवेशनको १७ औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो । 

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रमुखको कार्यालयले जनाएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।