टोकियो ओलम्पिकः बास्केटबलमा अमेरिकाले लगातार चौथो पटक जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाले आज फ्रान्सलाई ८७–८२ को स्कोरमा हराउँदै पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको यो लगातार चौथो पटक हो। अमेरिकाका केभिन डुरान्टले सबभन्दा धेरै ३९ अंक जोडे। ओलम्पिकमा तीन स्वर्ण पदक जितेका डुरान्टले २०१२ र २०१६ को फाइनलमा समान ३० अंक जोडेका थिए। १९४८ र २००० मा पनि फ्रान्सले रजत पदक जितेको थियो।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः टेबल टेनिसमा चीनको वर्चस्व

एजेन्सी। चीनले टेबल टेनिसमा आफ्नो वर्चस्व कायम राखेको छ। आज सम्पन्न पुरुष टिम स्पर्धा जितेसँगै चीनले टेबल टेनिसमा चौथो स्वर्ण पदक जित्न सफल भयो। पुरुष स्पर्धामा चीनले जर्मनीलाई ३–० ले हराएको हो। चीन टेबल टेनिसमा ४ स्वर्ण र तीन रजतसहित कुल सात पदक जित्यो। जापानले मिक्स डबलमा एक स्वर्ण पदक जित्यो। जर्मनीले एक रजत र एक कास्य पदक जित्यो।

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।