एमसीसी सम्झौतामा सहमति जुटाउन सर्वदलीय बैठक असफल, किन गएन एमाले ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशन सम्झौता एमसीसीबारे साझा धारणा तय गर्न असफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपराह्ण बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको थियो। एमसीसीबारे थप छलफल गर्ने निष्कर्षसहित बैठक समापन भएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।'एमसीसीको बारेमा सबै दलहरूले आ-आफ्नो विचार राख्नुभएको छ। कसैले आशङ्काहरू पनि व्यक्त गर्नुभएको छ। ती सबैमा फेरि छलफल गरेर हामी चाँडै नै एउटा निष्कर्षमा पुग्छौँ,' बैठकपछि कार्कीले पत्रकारहरूसँग भने।बैठकले संसद् अवरोध हटाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग आग्रह गरेको छ।बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले पनि एमसीसी संशोधनको माग गरेको सहभागी एक नेताले बताए। नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल र रामशरण महत तथा सङ्घीय समाजवादीका बाबुराम भट्टराईले एमसीसी संसद्बाट पारित गर्नुपर्ने पक्षमा धारणा राखेका थिए।बैठकमा आफ्नो दलसहित राष्ट्रिय जनमोर्चा र राप्रपाले विरोधमा धारणा राखेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए।सर्वदलीय बैठकअघि एमसीसीबारे गठबन्धनको साझा धारणा बनाउन सरकारमा सहभागी दलहरूको छुट्टै बैठक बसेको थियो।सर्वदलीय बैठकमा किन गएन एमाले?सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले माग गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका थिए।तर प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी भएन। एमालेले बैठकमा हुने छलफलको विषयबारे जानकारी नभएको र औपचारिक निमन्त्रणा नआएका कारण बैठकमा सहभागी नभएको बताएको छ।'सर्वदलीय बैठक बोलाउँदा एजेन्डाबारे द्विपक्षीय छलफल हुने चलन छ। खालि हाम्रो अध्यक्षलाई फोन गरेर बैठक छ मात्रै भन्नुभयो,' एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेको अनुपस्थितिबारे भने।'बैठकअघि राष्ट्रिय एजेन्डाबारे छलफल नभएको, हामीलाई एजेन्डाबारे जानकारी पनि नभएको र बोलाए जस्तो मात्रै गरेको कारणले हामी नगएको हो।'एमसीसी राजनीतिक विषय कि आर्थिक?कतिपय राजनीतिक दलहरूले एमसीसी नेपालको हितमा नभएको भन्दै संसदबाट पारित नगर्न दबाब दिइरहेका छन्। भूतपूर्व मुख्यसचिव विमल कोइराला वैदेशिक सहायतामा दातृराष्ट्रको अलिअलि स्वार्थ भए पनि एमसीसी सम्झौता नेपालको हितमा भएको तर्क गर्छन्।सम्झौता आफैँमा विवादास्पद नभए पनि नेपालमा यो सम्झौता राजनीतिक विषय बनेकाले विवादित बनेको उनको बुझाइ छ।केही दल र समूहले एमसीसी सम्झौताको चर्को विरोध गर्ने गरेका छन्'यो विषय राजनीतिक थिएन आर्थिक थियो, कूटनीतिक थियो। तर यो राजनीतिक भयो, त्यसो हुँदा राजनीतिक मोलमोलाइका कुराहरू आइहाले नि,' कोइराला भन्छन्।उनको बुझाइमा तीनै तहका निर्वाचनहरू आउन लाग्दा प्रतिपक्ष दलहरूले यसलाई राजनीतिक मुद्दा बनाउन सक्ने जोखिमका कारण पनि सरकारमा रहेका दलहरू एमसीसी पारित गर्न अग्रसर भएका छैनन्।'हाम्रो जनमत राष्ट्रवादी नाराले प्रेरित हुने जनमत पनि छ,' कोइरालाले भने।के चाहन्छ अमेरिका?सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान सम्झौता संसद्‌बाट पारित गराई लागु गर्न एमसीसी बोर्डले नेपाललाई ताकेता गरिरहेको छ।एमसीसीको सञ्चालक समितिको बैठकपछि गत साता जारी विज्ञप्तिमा नेपालले निकट भविष्यमा एमसीसी अनुमोदन गर्ने जनाएको उल्लेख छ।त्यसअघि नेपाल आएका एमसीसीका उपाध्यक्ष फातिमा जी सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटमा एमसीसी कार्यान्वयन गर्ने नेपालको प्रतिविद्धताबारे चासो राखेका थिए।चार वर्षअघि शेरबहादुर देउवा नेतृत्वको सरकारसँग भएको कम्प्याक्ट केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा दर्ता गराइएको थियो।तर एमसीसीका कतिपय सर्तबारे ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा देखिएको मतभेदका कारण सम्झौता संसद्‌मा टेबल भएन।ओलीलाई विस्थापित गर्दै सत्तामा आएका प्रधानमन्त्री देउवाले सुरुदेखि नै एमसीसी सम्झौता अघि बढाउने पक्षमा रहेको बताउँदै आएका छन्।सरकारले नियमित समयभन्दा केही अघि बोलाएको संसद्‌को जारी हिउँदे अधिवेशनमा एमसीसी अघि बढाउने आकलन गरिए पनि सम्बन्धित मन्त्रीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।प्रतिनिधिसभाको बैठक आगामी मङ्गलवारका लागि तय गरिएको छ। माओवादीले एमसीसीमा समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिइसकेको छैन।प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि एमसीसीको मतदानमा पक्ष, विपक्ष वा तटस्थ रहनेबारे धारणा सार्वजनिक गरेको छैन। तर एमालेका नेता भीम रावल एमसीसीको विपक्षमा देखिएका छन्।कांग्रेसभित्रैका कतिपय नेताहरूले अहिले भइरहेका विरोधलाई ध्यान दिँदै आगामी संसदीय निर्वाचनपछि मात्रै एमसीसीलाई प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने मत राख्ने गरेको बुझिन्छ।के हो एमसीसी?एमसीसीकी उपाध्यक्ष फातिमा जी सुमारले नेपालमा नियोजित रूपमा उक्त अनुदान सम्झौताबारे भ्रम फिँजाइएको टिप्पणी गरेकी थिइन्यति धेरै चर्चित र विवादित बन्न पुगको एमसीसी आखिर के हो त?विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो।'मिलेनीअम च्यालेन्ज कर्पोरेशन एउटा नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,' एमसीसीको वेबसाइटमा उल्लेख छ।सन् २०१२ यता शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा नेपाली कांग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरियो जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्।एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन लगाएर लागु गरिने भनिँदै आएको छ।बिबिसीबाट साभार

सम्बन्धित सामग्री

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ […] The post सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले […]

सर्वदलीय बैठक सिंहदरबारमा सुरू

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा […]

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख […]

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, के गर्ला एमाले?

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि छलफलका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि पनि  सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक आह्‍वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित हुँदै आएको छ। भोलिका लागि सभामुखले बोलाएको बैठकमा पनि

आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्

सर्वदलीय बैठक जारी,एमाले भने अनुपश्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपश्थित रहेको छ ।प्रधानमन्त्री देउवाले सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो । एमाले भने आफूबाट फुटेर […]

बालुवाटारमा सर्वदलीय बैठक शुरू, एमाले अनुपस्थित

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरू भएको छ ।  बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् । एमाले भने सहभागी छैन ।  प्रधानमन्त्रीले संसदमा भइरहेको अवरोध अन्त्य गर्न र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक : को को भए सहभागी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक  जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० ः ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए ।यस्तै राष्ट्रिय प्रजातन्

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

संसद्‍मा २३ दिनदेखि जारी अवरोध हटाउने प्रयास स्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाइएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन । सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाएका थिए ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न पार्टीले गरेको सिफारिश कार्यान्वयन नगरेक...