कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप, ३ जना घाइते

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले रातोपाटीलाई बताए । उनले भने– ‘१० पुरुष र ३ महिलालाई नियन्त्रणमा लिएर प्रहरी वृत कीर्तिपुरमा राखिएको छ ।’भीआइपी सवारीका कारण उनीहरुलाई माइतीघर आउन रोकिएको रिजालले जानकारी दि

सम्बन्धित सामग्री

पैदल यात्रामा काठमाडौँ हिँडेका मिटरब्याज पीडितमाथि मनहरीमा आक्रमण, १६ घाइते

हेटौँडा । गत माघ १६ गते झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि यात्रामा निस्केका मिटरब्याज पीडितमाथि मकवानपुरमाको मनहरी गाउँपालिकामा आक्रमण भएको छ । आक्रमणमा १६ जना मिटरब्याज पीडित घाइते भएका छन् । घाइतेहरूको चितवन स्थित मेडिकल कलेजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रड, बियरको बोतल तथा भाँडाहरू प्रयोग गरी केहि व्यक्तिहरूले आक्रमण गरेपछि १६ जना घाइते […]

मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २१ जना घाइते

१ फागुन, हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् । मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक […]

कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज

काठमाण्डाै – न्याय खोज्दै काठमाण्डौ आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिनुभयो । आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिनुभयो । तराईको विभिन्न जिल्लाबाट आ...

न्याय माग्दा मिटरब्याज पीडितलाई प्रहरीको लाठी

कीर्तिपुरमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडित र प्रहरीबिच झडप भएको छ। कीर्तिपुरबाट प्रदर्शन सुरु गरेर उनीहरु माइतीघर पुग्ने योजनामा थिए। तर, उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । आफ्नो माग सुनुवाईमा चासो नदिएको र पीडितलाई न्याय दिलाउन सरकारले कुनै कदम नचालेको पीडितहरुको गुनासो छ। एक महिनादेखि मिटरब्याज पीडितहरुले माइतीघरमा धर्ना दिइरहेका छन्।

मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप, ७ किसान घाइते

काठमाडौं- न्याय माग्दै मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित किसान र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । झडपमा परी ७ जना किसान घाइते भएका छन् । ६५ पीडित किसानलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा लगेको छ ।  धर्नाका लागि माइतीघर मण्डला आउँदै गर्दा प्रहरीले आज त्यहाँ जान नमिल्ने भन्दै आफू...

मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप, ७ किसान घाइते

काठमाडौं- न्याय माग्दै मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित किसान र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । झडपमा परी ७ जना किसान घाइते भएका छन् । ६५ पीडित किसानलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा लगेको छ ।  धर्नाका लागि माइतीघर मण्डला आउँदै गर्दा प्रहरीले आज त्यहाँ जान नमिल्ने भन्दै आफू...