पुनः निर्माणको पर्खाइमा कागवेनी: मुस्ताङमा डेगीं देखिनु जलवायु परिवर्तनका असरको संकेत हो ?

गण्डकी । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बारागुङमुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागवेनी यतिखेर पुनःनिर्माणको पर्खाइमा छ । बाढीका कारण मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचना पुगेको क्षतिले यहाँको जनजीवन अझै तहसनहस छ । बाढीका कारण खानेपानी, सिँचाइलगायतका अत्यावश्यकीय पूर्वाधारमा भएको क्षतिका कारण दैनिकी सञ्चालनमा नै समस्या भइरहेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङले जानकारी दिइन् । 'बाढीले पुर्‍याएको क्षतिका कारण कागबेनी यतिखेर विभिन्न समस्या झेलिरहेको छ,' उनले भनिन्, 'क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्थानीयवासी भने आआफ्ना तवरबाट जुटिसकेका छन् ।'  सोह्रश्राद्धको समय पारेर ठूलो सङ्ख्यामा कागबेनीमा पुुगेका तीर्थयात्रीहरू यस स्थानमा बाढीले पुर्‍याएको क्षतिका कारण समस्यामा परेका छन् । बाढीले तीर्थालुलाई आश्रय दिँदै आएका धर्मशालासहित ५/६ वटा होटेल भत्काएको थियो । कृषि पेसामा आबद्ध स्थानीयवासी सिँचाइ कुलो भत्कँदा समस्यामा परेका छन् भने बस्ने घर, नदीबाट आवतजावत गर्ने पुलका साथै कृषि उपज फलाउने बारी बगरमा परिणत बन्दा ठूलो समस्या भोग्नुपरेको स्थानीयको दुःखेसो छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । बाढीले घर तथा होटेलका साथै विभिन्न सङ्घसंस्थाका कार्यालयमा क्षति पुर्‍याएको थियो । बाढीका कारण सिँचाइ कुलो, स्याउका बगैँचा एवम् ठूलै सङ्ख्याका गोठमा क्षति पुर्‍याएको कागवेनीमा विगत लामो समयदेखि निर्माण कार्यमा काम गर्दै आएका पदम लामगादेले जानकारी दिए । बाढी दिउँसो ५ बजेतिर आएका कारण कुनै मानवीय क्षति भने नभएको बताउँदै उनले रातको समयमा आएको भए हुनसक्ने क्षति कल्पनासमेत गर्न नसकिने बताए । 'दिउँसो बाढी आएको खबर मुक्तिनाथ माथिका बस्तीका स्थानीयले खबर गरेपछि थाहा भएको हो,' उनले भने, 'सूचना आउनासाथ गरिएको सजगताले मानवीय क्षति नभएको हो ।' बाढीले कागबेनीवासी कृषकको करोड मूल्यभन्दा बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूलका बोट क्षति पुर्‍याएको थियो । स्याउ बगैँचाका साथै कृषियोग्य जमिन र झण्डै सात हेक्टर जमिनमा सिँचाइ गर्दै आइएको कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको छ । बाढीले कृषकको गोठ र पशुचौपायामा क्षति पुर्‍याएको थियो । यहाँका २३ गोठ, ३२ लुलु गाई, २ खसी र १ घोडा बगाउँदा करिब ५० लाख रुपैयाँ बढीको क्षति पुर्‍याएको तथ्याङ्क छ । गाउँपालिकाले तयार गरेको तथ्याङ्कले नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ क्षति पुगेको छ । त्यस्तै सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको छ । यहाँका घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ  भने २२ वटा घर पूर्ण र ५ घरमा आंशिक क्षति भएको गाउँपालिकाले जनाएको छ । कागवेनी पुनःनिर्माणको पर्खाइमा रहेको उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष गुरुङले स्थानीय समिति अत्यावश्यकीय पूर्वाधारको पुनःनिर्माणका लागि जुटिसकेको बताए । सरकारी तवरबाट निरीक्षण हुने र आश्वासन आउने गरे पनि पुनःनिर्माण कार्य भने अझै नथालिएको उनको भनाइ छ । कागवेनीमा आएको बाढीले आसपासका अन्य हिमाली बस्तीका लागि खतराको सङ्केत दिएको जनमुक्ति युवा क्लब, ठिनीका उपाध्यक्ष निरज थकालीले बताए । असामान्यरुपमा आएको बाढीले कागवेनीमा ठूलो क्षति पुर्‍याएको बताउँदै उनले यसलाई जलवायु परिवर्तनको असरका रुपमा लिइएको बताए । पछिल्ला समयमा कृषिजन्य उत्पादनमा समेत जलवायु परिवर्तनको असर देखिएको बताउँदै उनले यस वर्ष मुस्ताङमा स्याउको उत्पादन घटेको जानकारी दिए । बढ्दो तापक्रमकै कारण मुस्ताङमा विभिन्न रोगका सङ्क्रमण पनि बढ्न थालेको उल्लेख गर्दै उनले पछिल्ला समयमा बढ्दै गएको डेगींको सङ्क्रमण यसको ज्वलन्त उदाहरण भएको बताए । विगतमा पहाडी भेगमा पशुबस्तुमा हुने रोग तथा सङ्क्रमण हिमाली भेगमा नहुने गरेकामा अहिले भने लम्पी स्किन जस्ता रोगले सताउन थालेको उनले जानकारी दिए । 'पानी नपर्ने हिमाली बस्तीमा पानी पर्न थालेपछि माटाले छाइएका घर चुहिन थालेका छन्,' उनले भने, 'जस्ताले छाउन नसक्ने आर्थिकरुपमा विपन्न समुदायका लागि यो गम्भीर चुनौती बनेको छ ।'            कागवेनीमा भएको क्षति र यसको पुनःनिर्माण सम्बन्धमा सरकारी तवरबाट राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिकसहितको टालीले स्थलगत निरिक्षण गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत होमबहादुर थापा मगरले जानकारी दिए । प्राधिकरणले यस सम्बन्धमा प्रतिवेदन तयार गर्ने र त्यसपछि पुनःनिर्माणका काम बढ्ने उनले बताए । कागवेनीको क्षतिका सम्बन्धमा नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)को टोलीले पनि अध्ययन गरेको उनले बताए ।  पुनःनिर्माणका लागि यहाँको भौगोलिक अवस्थिति, नदी प्रणालीको विगतको अवस्था आदि सम्बन्धमा अध्ययन गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गर्दै काम अघि बढाउने गरी कुरा भइरहेको बताउँदै उनले अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनःनिर्माण कार्य अघि बढ्ने बताए । गत भदौ १५ गते बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको गाउँसभाको अधिवेशनले रकमान्तर गरेर कागवेनी वस्ती पुनःनिर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

खराब कर्जाको संकेत

मुलुकमा सञ्चालित वाणिज्य बैंकहरूको खराब कर्जा एकै वर्षमा दोब्बरले बढ्नु वित्तीय क्षेत्रका लागि राम्रो संकेत होइन । गत वर्ष अर्थतन्त्रमा सुस्तता देखिए पनि अहिलेसम्म बैंकिङ क्षेत्रमा कुनै समस्या देखिएको थिएन । बैंकहरूले गत वर्ष ७० अर्बभन्दा धेरै कमाएका छन् । तर, वर्षको अन्त्यमा आउँदा खराब कर्जा बढेर ३ प्रतिशत नजिक पुग्नु पक्कै राम्रो संकेत होइन […]

गम्भीर रोगका ८ संकेत

कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ। तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ। यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ।

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं, वैशाख २८ । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ । विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको […]

जसपा गठबन्धनबाट बाहिरिने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ।

ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको संकेत

सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन...

काठमाडौंमा सार्वजनिक शौचालयका छुट्टै संकेत चिन्ह

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार […]

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत

१० जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत गरेको छ । एक साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको बेलामा नीति तथा कार्यक्रमले अझै मूल्य बढ्न सक्ने संकेत गरेको हो । मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य लागतमा आधारित बनाउँदै […]

फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा, १५ वैशाख। नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव […]

ब्याजदर बढ्ने संकेत

बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ ।कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि […]

सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।संकेत चिन्हमा […]