उसिनेको अण्डा : छिटो तौल घटाउन सहयोगी

तपाईंलाई जानकारी हुनुपर्छ- अण्डा खाँदा अनगिन्ती स्वास्थ्य लाभ हुन्छ । प्रोटिनले भरपुर अण्डाले तपाईंलाई लामो समयसम्म तृप्त राख्छ । तर के तपाईंलाई थाहा छ, उसिनेको अण्डा खाएर पनि तपाईं केही हदसम्म आफ्नो तौल कम गर्न सक्नुहुन्छ । कम क्यालोरी यसमा सबै आवश्यक पोषक तत्व हुन्छन् । एउटा उमालेको अण्डामा केवल ७० क्यालोरी हुन्छ । यदि तपाईं दैनिक २ देखि तीनवटा अण्डा खानुहुन्छ भने तपाईं केवल २ सय क्यालोरी मात्र सेवन गरिरहनुभएको छ । क्यालोरी कम खानु पनि तौल कम गर्ने सबैभन्दा पहिलो कदम हो । तपाईंलाई भोक लाग्न दिँदैन अण्डामा प्रोटिनक...