अर्थमन्त्रीको बोली एउटा, व्यवहार अर्कै– ठूला करदाता कार्यालय ३ सातादेखि नेतृत्वविहीन !

ठूला करदाता कार्यालय विगत ३ सातादेखि नेतृत्वविहीन छ ।  कार्यालय प्रमुख बाबुराम गौतमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेपछि कार्यालय नेतृत्वविहीन अवस्थामा पुगेको हो । मुलुकमा संकलन हुने राजस्वको करीब ५० प्रतिशत हिस्सा यस कार्यालयले ओगटेको छ ।  राजस्व संकलनको ठूलो हिस्सा ओगटेको कार्यालय लामो समयसम्म नेतृत्वविहीन हुँदा राजस्व असुलीको लक्ष्यलाई नै धक्का पुग्ने देखिएको छ । कार्यालयले ठूला करदाताबाट नियमित कर संकलनका लागि महत्त्वपूर्ण काम गर्नुपर्ने हुन्छ । यस्ता काममा नेतृत्वको मुख्य भूमिका हुन्छ...