जसपा सांसदद्वारा काङ्ग्रेस प्रदेश अधिवेशनमा मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक मात्र सांसद हुन्। केही समयअघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।जसपाका तर्फबाट एक मात्र बागमती प्रदेशसभा सदस्य रहेका उनले शनिबार हेटौंडामा भएको काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनमा मतदान गरेर गएका छन्। रात

सम्बन्धित सामग्री

जसपा संसदीय दलको नेता चयन गर्न आज मतदान

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ। १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ। त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म […]

बारामा लोसपा, जसपा र एमालेबीच झडप, मतदान रोकियो

बारा- बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ । पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हो । त्रिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिए । पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा […]

बाबुराम भट्टराईले गरे गोरखाबाट मतदान

गोरखा – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् । मतदान गर्दै उनले लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरिएको बताए । उनले सबैलाई मतदान गरेर स्थानीय लोकतन्त्र सुदृढ गर्न पनि अपिल […]

बाबुराम भट्टराईले गरे मतदान

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले मतदान गरेका छन्। उनले गोरखाको पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।देशैभर मतदान जारी छ। विहान ७ बजेबाट सुरु भएको  मतदान साँझ ५ बजेसम्म जारी रहने छ।  ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी  ७५३  स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान जारी छ।

जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने

जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन्। शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो क्षेत्रमा पुगी सकेका हुन्। यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्ने छन्। उनी सप्तरी क्षेत्र २ बाट निर्वाचित भएका थिए। उनको मतदाता नामावली भने मोरङको विराटनगर पालिकामा छ। यस्तै वरिष्ठ नेता राईले उदयपुरका चौदन्यगढी नगरपालिका ४ स्थित नारद आदर्श माध्यमिक विद्यालयबाट मतदान गर्ने

कांग्रेसको अधिवेशनमा जसपा सांसदले आज पनि गरे मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौंडा आएर मतदान गरेका हुन्। शनिबार भएको मतदानमा सभापति ३ जना उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो।शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेको उनीनिकट स्रोतले बताएको छ।तामाङ कसैले पनि न

जसपाले मुख्यमन्त्री गुरूङको विपक्षमा मतदान गर्ने

पोखरा। जसपाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ। प्रदेशसभाका जसपा संसदीय दलका नेता हरिशरण आचार्यले सरकारको पक्षमा मतदान गर्न नसक्ने बताएका हुन्। प्रदेशसभामा जसपाका २ जना सांसद छन्।

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

हेटौंडा।राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ।बिहान ९ बजेपछि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान सुरु भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मतदान गरिसकेका छन्। मतदाताहरु मतदानस्थल पुग्ने क्रम जारी छ।एमालेबाट रामबहादुर थापा बादल र कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहका साझा उम्मेदवार डा.खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुनेछ।माधव नेपाल समूहले खिमलालको पक्षमा मतदान गर्न स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ।

तटस्थमा मतदान गरेका जसपा सांसद कसरी पुगे विपक्षमा ?

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी (महन्थ ठाकुर पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा तटस्थतर्फ मतदान गरेका थिए । तर, उनले आफ्नो मत सच्याए र पुनः विपक्षमा मतदान गरे ।सप्तरीबाट प्रतिनिधिसभाको चुनाव जितेका चन्द्रकान्त चौधरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट छन् । अर्थात् उनी महतोले भनेको मान्ने नेता हुन्  । त्यसैले, महतोले भनेकै आधारमा उनले तटस्थमा मतदान गरेका थिए ।तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका