हेलिकोप्टर चढेर मनोनयन गर्न आउने पोखरेल र राई को हुन् ?

जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् ।