८ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद […]
काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दुवै पक्षले आ–आफ्नो पक्षको बैठक राखेपछि जसपा आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । भट्टराईले हिजोबाट केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेका छन् । उता, यादवले आजबाट केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका […]
काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)
१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान […]
१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली […]
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर जाने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्ने निर्णय गरेको छ । नेता भट्टराईले कैलालीको टीकापुरमा हुने जनसभामा सहभागिता जनाउने छन् ।
भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरूमा हुने जसपाको जनसभामा सहभागी बनौं । ...