पछिल्लो समय लेखपढ गरेर मात्र छोराछोरीको भविष्य सुनिश्चित नहुने अवस्था सिर्जना भएको छ । लेखपढ गरेका युवाहरु बेरोजगारीको चपेटामा परेकाले अभिभावकको चिन्ता थपिएको छ । छोराछोरीलाई कसरी सुन्दर भविष्यको जिम्मा लगाउन सकिएला भन्ने चिन्ताले कतिपय अभिभावकको छटपटी बढेको छ । छोराछोरीको सुन्दर भविष्यको एउटै मात्र बाटो उनीहरुलाई असल व्यवसायी बनाउनु हो ।