कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन् । यस्तै सुर्खेतमा १५, कालिकोटमा १, रुकुम पश्चिममा १, डोल्पामा १, दैलेखमा २ जना रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने व्य