सल्यानमा ३७ प्रतिशत महिला घरमै सुत्केरी

सल्यान : आमा र शिशुको स्वास्थ्यलाई ख्यालगर्दै सरकारले वषौंदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नेपाल सरकारले दुई हजार, नियमित चार पटक गर्भ जाँच गरे थप आठ सय र कर्णाली प्रदेश सरकारको थप दुई हजार गरी चार हजार आठ सय रुपैयाँ एक सुत्केरीले पाउने व्यवस्था छ। तर, पनि सल्यानमा अझैं करिव ३७ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ।जिल्ला स्वास्थ्य कार्यालय सल्यानका अनुसार स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने म

सम्बन्धित सामग्री

सल्यानमा ८ प्रतिशत घरमै सुत्केरी

सल्यान : सल्यानमा अझै पनि ८ प्रतिशत महिला असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन्।गत आर्थिक वर्ष २०७८/०७९ मा ८ प्रतिशत अर्थात २ सय ६६ महिला घरमै सुत्केरी हुने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ।जिल्लाभर ३ हजार ३ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना स्वास्थ्य संस्थामा सुत्केरी भएको र बाँकी २ सय ६६ महिला घरमै सुत्केरी भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजादै गर्दा बीच बाटोमा नै सुत्केरी भएको खण्

सल्यानमा जोखिम मोलेर घरमै सुत्केरी

सल्यान : नेपाल सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन विभिन्न कार्यक्रम गरेपनि सल्यानमा अझै पनि असुरक्षित तरिकाले सुत्केरी हुनेको संख्यामा कमी आउन सकेको छैन।स्वास्थ्य संस्थामा सुत्केरी गराउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि चेतनाको कमी, भौगोलिक विकटता लगायतका कारण असुरक्षित तरिकाले घरमै सुत्केरी हुँदै आइरहेका छन्।स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा संस्थागत प्रसूति दर ६८ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा ४ सय ९६ महिला घरमै सुत्केरी भएका थिए।आर्थिक वर्ष २०७५/

एकै दिन दुई सुत्केरी र एक शिशुको हेलिकप्टर मार्फत उद्धार

सोलुखुम्बुबाट जटिल स्वास्थ्य अवस्था भएका दुई सुत्केरी महिला र एक शिशुको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ । खुम्बु पासाङल्हमू गाउँपालिका–१ की सुत्केरी महिला कामिनी तामाङ र नेचासल्यान गाउँपालिका–१ सल्यानकी सुत्केरी महिला मनिषा तामाङको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडाँै पठाइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिसाको बच्चाका लागि आईसियु आवश्यक परेकाले काठमाण्डौ रेफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डाक्टर अभिषेक सुमनले जानकारी दिनुभयो । त्यस्तै, खुम्बु पासाङल्हमू गाउँपालिकामा सञ्चालित पासाङल्हमू निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी गराउने क्रममा सालनाल अड्किएपछि आएको समस्या समाधानका लागि कामिनी तामाङलाई उद्धार गरिएको हो ।