अमलेखजन्ज—रक्सोल पेट्रोलियम पाइपलाइन परियोजनाका पाइप गाड्ने काम तीव्र गतिमा अघि बढेको छ । गत फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम सुरु भएकामा हालसम्म करिब ३३ प्रतिशत काम सकिएको छ ।
काठमाडौं, २९ भाद्र । नेपाल र भारतबीच पेट्रोलियम र ग्याँस पाइपलाइन विस्तार गर्ने सहमति बनेको छ । दुई देशका परराष्ट्रसचिवस्तरीय बैठकमा त्यस्तो सहमति बनेको हो । बाराको अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोटीहारीदेखि चितवनसम्म एलपीजी ग्याँस पाइपलाइन विस्तारको कामलाई तिव्रता दिई कार्यालयमा ल्याउने सहमति बनेको हो । परराष्ट्रसचिव भरतराज पौडेल र भारतका विदेशसचिव विनयमोहन क्वात्राबीचको […]
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।...
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो ।प्रत्येक पाँच वर्षमा नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी) बीच इन्धन कारोबार गर्ने सम्झौता हुने गर्छ । सोहीअनुसार सम्झौता नवीकरण गरिने छ । सन् २०१७ मार्चमा भएको सम्झौता […]
पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन ।मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले भनिन्, “मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो स्
काठमाडौं। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।
बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृहसमेत निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने भएको छ ।नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आईओसी)को संयुक्त प्राविधिक टोलीले यो लागत निकालेको हो । पाइपलाइन निर्माणका लागिमात्रै २ करोड ७४ करोड भारतीय रुपैयाँ लागत लाग्ने अध्ययनन प्रतिवेदनमा उल्लेख छ । चितवनको लोथरमा रहेको २४ बिघा […]
पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्मपेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नका लागि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमाझापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो । साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइनविस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पेट्रोलियम पाइपलाइन विस्तार सरकारकै कारण ढिला हुने भएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले आफ्नो तर्फबाट सवै काम पूरा गरे पनि समयमै सरकारले नीतिगत समस्या समाधान नगर्दा विस्तारमा ढिलाइ हुने भएको हो । पाइपलाइन विस्तार गर्न आवश्यक पर्ने पाइप भित्रिसके पनि पाइपलाइन विच्छ्याउने रुट व्यवस्थापन नहुँदा काम अगाडि बढ्न अझै केही समय लाग्ने देखिन्छ । पाइपलाइन विच्छ्याउने बाटोमा पर्ने रूख कटानका लागि वन मन्त्रालयले स्वीकृति नदिँदा विस्तारको काम सुरु हुन समय लाग्ने देखिएको नेपाल आयल निगमको भनाइ छ ।